पत्रकार चौधरी कुटिएकोप्रति थरुहट मोर्चाको चासो, ४८ घण्टा वित्नै लाग्दासमेत प्रहरी मुग्दर्शक

कैलाली, २८ । कान्तिपुर राष्ट्रिय दैनिकका टीकापुर समाचारदाता गणेश चौधरीमाथि संघातिक आक्रमण भएको ४८ घण्टा वितिसक्दा समेत प्रहरी प्रशासन घटनामा संलग्नहरुके खोजीमा गम्भीर लापरबाही गरेको भन्दै थरुहट थरुवान मोर्चाले विरोध जनाएको छ ।

मोर्चाका जिल्ला संयोजक माधव चौधरीले बुधबार एक विज्ञप्ती जारी गर्दै घटना प्रति आफूहरुके गम्भीर ध्यानकर्षण भएको र प्रहरी प्रशासन मुग्दर्शक बनेको बताएको छ ।

विज्ञप्तीमा उल्लेख छ ‘चौधरीमाथि संघातिक आक्रमण भएको तीन दिन वितिसक्दा समेत प्रहरी प्रसाशन विभिन्न बहानमा निज अपराधीहरुलाई कानूनी कडघरामा उभ्यिाउन नसक्नु प्रहरी प्रशासनको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ ।’

मोर्चाले विज्ञप्तिमार्फत गम्भीर आपत्ति जनाउँदै अपराधीहरुलाई यथासिघ्र कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ ।

कान्तिपुरकर्मी चौधरीलाई २०७७ साउन २६ गते बेलुका कैलालीको जानकी गाउँपालिका–६ जगतपुर गाउँबाट रिपोटिङ गरि घर फर्किने क्रममा सोही ठाउँकै उश्रृखल समुहले कुटपिट गरी घाइते बनाएको थियो ।