बाजुरामा बाढि र पहिरोले २७ घर बगायो, एक महिला बेपत्ता

बाजुरा, २६ साउन। बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको ठूलो पहीरो गएको छ । पहिरोले २७ घर वगाएको बताइएको छ ।

साथै जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा बर्षसंगै बुढिगंगा नदिलेको बहाब बढेपछि एक जना महिला बेपत्ता भएकी छिन् ।
नदीमा ठूलो बाढि आएपछि बडिमालिका–२ घाग्रकी ५५ बर्षीया आउँसी देबी महत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढि र पहिरोले उक्त ठाउँका दुई सय भन्दा बढी बिस्बविस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बाढीले एक बेलीब्रीज र पाँच वटा झोलुङ्गे पुल बगाएको बताए ।