छिनछिनमा बिद्युत अबरुद्धले सेवाग्राही परिसान, प्राधिकरण भन्छ–धेरै कारण छैन्
धनगढी, २६ साउन । छिनछिनमा बत्ती जानु धनगढीमा सामान्य भईसक्यो । एकछिनमा बत्ती आउछ । एकछिनमै जान्छ । बत्ती गएपछि सट डाउन भएको कम्प्युटर बत्ती आएपछि स्टार्ट गर्न पाएको हुदैन । बत्ती झ्याप्प जान्छ । कम्प्युटर पनि चालु नहुदै बन्द हुन्छ ।
अचेल धनगढीमा बत्ती कतिखेर जान्छ, कुनै ठेगान हुदैन । खपी नसक्नु गर्मीमा बिद्युत आपूर्ति नियमित नहुदा धनगढीका बासिन्दा हैरान भएका छन् ।
सर्वसाधारण मात्र होईन, उद्योगी, व्यवसायीहरु समेत विद्युत आपूर्ति नियमित नहुदा हैरान भएका छन् ।
बत्ती गएपछि जनरेटेर स्टार्ट गर्न पाएको हुदैन । बत्ती आउछ । अनि जनरेटेर बन्द गर्न पाएको हुदैन । बत्ती गईहाल्छ । यो धनगढीको बत्तीको नियमित प्रकृया हो ।
नियमित रुपमा नहुदा सामाजिक सञ्जालमा दिनहु विद्युत प्राधिकरणलाई गुनासो, गाली र आरोप प्रति भने विद्युत प्राधिकरण बेखवर जस्तै छ ।
पश्चिम टुडे प्रतिनिधिले शनिवार साँझ विद्युत प्राधिकरण धनगढीका प्रमुख सुरेन्द्र चौधरीसंग विद्युत आपूर्ति नियमित नहुनुको कारण बारे जिज्ञासा राख्दा पहिले त उनले तपाई कहाँ विद्युत बिग्रिएको हो भने मान्छे पठाई दिन्छु भन्ने जवाफ दिए ।
धनगढी सबैतिर विद्युत अवरुद्ध छ,त्यसको कारण के होला रु भनेर जिज्ञासा राख्दा उनले कुनै एउटै कारणले नभई धेरै कारणले विद्युत अवरुद्ध हुने गरेको जवाफ दिए ।
कही ट्रान्सफर्मर जल्छ । कही केवल । कही तार चुडिन्छ । ट्रान्सफर्मर पुरानो भएका कारण बेला बेला आगो लाग्छ । बिग्रिन्छन । उनले भने, यस्ता तमाम कारणले गर्दा विद्युत आपूर्ति अनियमित हुन्छ ।
प्रतिकुल मौसम र सिमित स्रोत,साधन, कर्मचारीका कारण पनि विद्युत आपूर्ति बेलाबेला अबरुद्ध हुने गरेको विद्युत प्राधिकरणले जनाएको छ । पश्चिम टुडेबाट













