सिमान्तकृत समुदायमा बाख्रा पालन तालिम सम्पन्न

कैलाली, २५ साउन । दलित महिला अधिकार मञ्च नेपालले गारैरीगंगा नगरपालिका वडा नं. १० ११ र कैलारी गाउँपालिका ८ का सिमान्तकृत समुदायमा बाख्रा पालन तालिम सम्पन्न गरेको छ ।

मञ्चले आर्थिक अवस्था कमजोर भएका दलित, महिला तथा सिमान्तकृत समुदायका १५ जना महिलालाई दुई दिने आधारभूत बाख्रा पालन तलिम दिएको हो ।

डिसिएको आथिएक सहयोगमा मञ्चले विपन्न परिवारलाई बाख्रा सहयोग गर्ने उद्देश्यले साे तालिम दिएकाे समाजिक परिचालक दानबहादुर विकले बताए  ।

उनले तालिम विना व्यवसायीकरुपमा बाख्रा पालन गर्न गाह्रो हुने भएकोले उनीहरुलाई सामाजिक दुरी कायम गरि तालिम सञ्चालन गरेको जानकारी दिए । अहिले काेभिड १९ काेराेना भाइरसका कारणा उनीहरूलाइ अथिर्करूपमा गाह्राे भएकाे बेला दलित महिला अधिकार मञ्च नेपालले अति विपन्न समुदायलाइ बाख्रा सहयाेग गरिरहेकाे विकले बताए ।

तालिमका प्रशिक्षक रामबाबु चौधरीले बाख्रालाई रोग लाग्नबाट बचाउन प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी गराए । उनले बाख्रालाई कसरी चाँडै हुर्काकाउने, खाना कसरी खुवाउने, खेरको सरसफाई कसरी गर्ने विषयमा जानकारी दिए  ।