तीन वर्षीया बालिकालाई बलात्कारगरी फरार व्यक्ति ४ वर्षपछि पक्राउ

कैलाली, २५ साउन । कैलालीका २१ वर्षीया यूवा जबरजस्तीकरणी मुद्दामा फरार भएको चार वर्षपछि पक्राउ परेका छन् । उनलाई नौ वर्ष कैद तोकिएको थियो ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय अर्जुन चौधरी २०७२ भदौं १३ गते तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्धा परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले चौधरीलाई शनिबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए।

बालिका जबरजस्तीकरणीपछि गौरिगंगा नगरपालिका वडा नम्बर ३ को शिब नदीको किनार नर्सरी जंगलमा अर्धचेतन अवस्थामा शरिरमा घाउ निलडाम भएको अवस्थामा युवतीको उद्दार गरिएको थियो।

०७२ साल भदौ १५ गते पक्राउ गरिएका चौधरीलाई जिल्ला अदालतले धरौटी तारेखमा रिहा गर्न आदेश दिएको थियो। २०७३ जेठ २७ गतेको फैसलाले उनलाई ९ बर्ष तीन महिना २९ दिन कैद र २५ हजार जरिवाना तोकेको थियो। चौधरी सोही दिनदेखि फरार रहेका थिए।