रेशम लगायत टीकापुर राजबन्दीलाई रिहा नगरे ओली निकटका मन्त्रीलाई बहिस्कार गर्ने चेतवानी
कैलाली, २४ साउन । रेशम चौधरी लगायत ११ जनालाई तीन महिना भित्र रिहाई नगरे प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट मन्त्री तथा सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेध संगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाई रेशम चौधरी लगायतका ११ जनालाई बन्दी बनाएको र उनीहरुलाई तीन महिना भित्र नछोडे त्यसबाट उत्पन्न असहज परिस्थितीको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताए ।
उनले पत्रकार सम्मेलनमा भने–‘हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छौं, तर सुनुवाई भएको छैन, अब तीन महिना भित्र पनि सुनुवाई भएन भने निर्णायक आन्दोलन गर्ने छौं ।’
मोर्चा संगै आन्दोलनमा एक्येबद्धता जनाएका नेपाल आदविासी जनजाती महासंघ ७ नंम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रीक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका ८ वटा संगठनले आज धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि बहिष्कारको चेतावनी दिएका हुन् ।
बर्तमान सरकार भ्रष्टचारको अखाडा बनेको बताउँदै संयोजक चौधरीले कोरोना नियन्त्रण, शुसासन, बाढी पहिरो लगायतका बिषयमा गैर जिम्मेवार बनेको उल्लेख गरे ।
‘केपी ओली नेतृत्वको सरकार जनताका समस्या र मागको वेवास्ता गर्दै अगाडी बढेकाले आन्दोलनको बिकल्प छैन ।’ जनताका समस्या समाधान गर्ने आन्दोलनका लागि कोरोनाले रोक्न नसक्ने बताए । उनले स्वास्थ्य सावधानी अपनाएर आन्दोलन अघि बडढाउने उल्लेख गरे ।

संयुक्त आन्दोलन संघर्ष समितिले साउन २५ गते देखि असोज ३ गते सम्मको संघर्षको कार्यक्रम समेत सार्बजनिक गरेको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधब थारुका अनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने, भदौ २ गते मानबअधिकार तथा नागरिक अगुवाहरु संग धनगढीमा बृहत अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थरुहट बिद्रोहलाई स्मरण गर्दै देशब्यापी बिरोध सभा गर्ने लगायत रहेका छन् ।
यो अबधिमा पनि माग पुरा नभए दशै तिहार, छट पछि शसक्तरुपमा निर्णायक आन्दोलन गर्ने तालिका संघर्ष समितिले अगाडी सारेको छ ।













