भदौ १ गतेदेखि उडान खुल्ने भएपछि बुद्ध एयरले गरे भाडादर सार्वजनिक
धनगढी, २३ साउन । भदौ १ गतेदेखि उडान खुल्ने भएपछि बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। कम्पनीले धनगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर र जनकपुरको भाडादर सार्वजनिक गरेको हो।
कम्पनीले धनगढीका लागि सुरुवाती एकतर्फी भाडादर ५ हजार चार सय रुपैया तोकेको छ ।
यस्तै विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय र जनकपुरका लागि २७ सय तोकेको छ।
त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ। कम्पनीका अनुसार हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ।













