सांसद रेशम चौधरीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना
काठमाडौं, २३ साउन । सांसद रेशम चौधरी अस्पताल मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका भएका छन् ।
केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यले बताए ।
जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी ठहर गरेकाे छ । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको छ ।
गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।













