पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यू

काठमाडौं, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्यू भएको जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

डा. गौतमका अनुसार मृत्यु हुनेमा मोरङका २ जना रहेका छन् । दुवै ४५ वर्षका रहेको प्रवक्ता डा. गौतमले बताए । त्यसै गरी सर्लाही मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुष कोरोनाका कारण मृत्यु भएको छ ।