टीकापुर राजबन्दी परिवारलाई थरूहट मोर्चाद्वारा खाद्यान्न सहयोग
धनगढी, २१ साउन । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई खाद्यान्न (चामल) सहयोग गरेका छ ।
साउन १४ गते आएको बाढीले पीडित राजबन्दीहरुका परिवारलाई १ महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरेको बताएको छ ।
बाढी पीडित प्रत्येक परिवारलाई ५० किलोका दरले १० परिवारलाई खाद्यान्न सहयोग गरेको मोर्चाका जिल्ला संयोजक माधव चौधरीले जानकारी दिए ।
उनले जेलजीवन बिताइरहेका वृजमोहन चौधरी, राजेश चौधरी, सीताराम चौधरी, राजकुमार कठरिया, सुन्दर कठरिया, प्रदिप चौधरी, श्रवण चौधरी, हरिनारायण चौधरी, बिरबहादुर चौधरी, गंगाराम चौधरीको घरपरिवारलाई खाद्यान्न सहयोग गरेको बताए ।
मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण, केन्द्रिय सदस्य रामप्रसाद चौधरी, फोनिराम चौधरी, मोर्चाका जिल्ला संयोजक माधव चौधरी, प्रवक्ता चुनिराम चौधरी, सदस्य आशिष चौधरी लगायतको टोलीले उनीहरुको घरमै पुगेर सहयोग गरका थिए ।













