१२ वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति घर बाहिर ननिस्कन आग्रह
काठमाडौं, १८ साउन । सरकारले १२ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। मुलुकमा बन्दाबन्दी खुला गरेपछि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेको हो । सरकारले उमेर समूह छुट्याएर सजकता अपनाउन आग्रह गरेको छ ।
त्यसै गरी सरकारले आरडीटी परीक्षणलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ। १४ साउनको मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश र स्थानीय तहलाई कसैको पनि आरडीटी परीक्षण नगर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
साथै सरकारले कोभिड(१९ संक्रमण भएर उपचारपश्चात घर फर्किएकाहरूबाट संक्रमण फैलिने सम्भान नरहेको भन्दै कुनै पनि प्रकारको विभेद नगर्न पनि आम सर्वसाधारणलाई आग्रह गरेको छ। हिमालखबर













