बाढीले बगाएर बेपत्ता भएका दुई जनाको शव भेटियाे, एक जना अझै बेपत्ता
धनगढी, १६ साउन । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । भजनी नगरपालिका ८ का चक्रबहादुर विक र स्केल चौधरीको शव फेला पारेको हो ।
बुधबार इश्वर शाहसँगै बेपत्ता भएका विक र चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए।
बेपत्ता भएका स्केल चौधरीको भने हिजो र इश्वर शाहको आज बिहान शव फेला परेको हो ।













