बाढि प्रभावितलाई थरुहट/थारुवान मोर्चाद्वारा राहत

कैलाली, १६ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको अति प्रभावित क्षेत्र भजनी जेशीपुर दोस्रो दिन सम्मपनि डुवानमै थियो । डुवान क्षेत्रका अधिकांश स्थानीयहरु ३६ घण्टा पुगि सक्दा समेत भोकै थिए ।

थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा जिल्ला संयोजक माधव थारु, नागरिक सामाज फोनिराम चौधरी र सुनिता चौधरी विहिबार सो क्षेत्रको अवलोकन गरि राहत वितरण गरेका थिए ।

प्रभावित क्षेत्रका स्थानीयहरु दुई दिनसम्म पनि केही खाना नपाएपछि उनीहरुको भोक मेताउन रहत सहयोग गरेको संयोजक थारुले बताए । अविरल वर्षका कारण ६ हजार घरपरिवार विस्थापीत छन्।

विपद्को बेला जुन सुकै राहत एकद्धार प्रणालीबाट वितरण होस् भनि मोर्चाले उक्त रातह नेपाल रेडक्रस सोसाईटि जोशीपुर शाखालाई हस्तान्तर गरिएको छ ।

राहत हस्तान्तरण गर्दै शाखाका अध्यक्ष विना चौधरीले ३६ घण्टा भित्र राहत लिएर आउने थरुहट मोर्चा पहिलो रहेको बताए । उनले यो राहत अति प्रभावितलाई बाड्ने जानकारी दिए ।

कोहीले त आफ्न्तको घरमा गएर पनि खाना खाए, तर कोही यस्तो व्यक्तिपनि छन् जो ३६ घण्टा पुगि सक्दा समेत खाने कुराको जोहो गर्न पाएका छैनन् । त्यसैले तत्काल त्यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्छ, अध्यक्ष चौधरी बताईन ।

उनले भनिन् ‘हामीपनि तथ्यांक संकलन गर्दै छौं, तथ्यांक संकलपछि बल्ल राहत पुग्छ, जुनबेला सम्म एकदमै ढिलो भईसक्छ ।’ त्यसैले सरकार यस्तो बेला तयारीपुर्वक बस्नुपर्ने चौधरी बताउँछिन् ।