हुलाकी रोड भत्केर चार जना बेपत्ता

कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनीमा हुलाकी रोड भत्केर एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी भईरहेको भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिए ।

उनका अनुसार ‘भजनी नगरपालिका वडा नं. ८ सबै भन्दा बढी क्षति भएको छ । हुलाकी राजमार्ग दुई ठाउँमा भत्किएपछि पुरै वडा नै डुबानमा परेको हो ।’ उक्त वडामा १२ सय घरधुरी छ, सबै डुवानमा परेकोले अहिले तत्काल उद्धारको काम भईरहेको छ । वडा अध्यक्ष चौधरी भने ।

उनले उद्धार गर्ने टोली स्थानीयको आगनमै डुंगा लिएर पुगेका छन् । डुबान क्षेत्रका स्थानीय सुत्केरी तथा गर्भवति महिला, बालबालिका, अपांगता भएका व्यक्ति र बृद्धबृद्धाहरु बढि जोखिममा परेको अध्यक्ष चौधरी बताए ।

उनले भने ‘हाम्रो वडामा कसैको घरमा आगो बल्न सक्ने अवस्था छैन, सबै भोकभोकै सरसमान भगाउने, जोखिममा परेकाहरुको उद्धार गर्ने कार्य भईरहेको छ ।’ गर्भवति तथा सुत्केरी महिला, बालबालिका, आपांगता भएको व्यक्ति र बृद्ध बृद्धाहरु सबै भन्दा बढि जोखिममा परेका छन् ।

ओरेक कैलालीका कार्यक्रम संयोजक गीता चौधरीले बाढी प्रभावित गर्भवति तथा सुत्केरी महिला र बालबालिकाहरुलाई मध्येनजर गरि लगभग एक सय ५० जनालाई राहत सहयोग गर्ने योजना बनाईरहेको बताईन् ।

उनले विपद्को बेला सबै भन्दा बढि जोखिममा सुत्केरी गर्भवति महिला हुने भएकोले २३ सय बराबरको खाद्यन्न वितरण गर्ने तयारी भईरहेको बताईन् ।

ओरेक कैलालीले विगत १० वर्षदेखि नै विपद्को बेला स्नेह गृह सञ्चालन गरि सो क्षेत्रका जोखिममा परेका महिला, सुत्कोरी तथा गर्भवति र बृद्धबृद्धालाई उद्धार गरि सेल्टर दिने अभियान सञ्चालन गर्दै आईरहेको कार्यक्रम संयोजक चौधरीे बताईन् ।

यस्तै दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले कैलालीको भजनी, जोशीपुर, जानकी र कैलारी गाउँपालिका विगत लामो समयदेखि वर्षेनी डुबानमा पर्ने क्षेत्र भएकोले सरकारले प्रतिकार्य योजना तयारी अवस्थामा राख्नुपर्ने बताए ।

‘जातिबेला विपद् आउँछ त्यही बेला मात्रै सरकार तयारीमा जुट्छ । जुन कारण गर्भवति महिला, सुत्करी तथा बालबालिकाहरु बढि जोखिममा पर्दछन् । सो क्षेत्रमा विपद् आउनु भन्दा पहिला पुर्व तयारीकालागि सर्तकता अपनाउन जरुरी देखिन्छ ।’