कैलारी गाउँपालिकामा विपद् व्यवस्थापन लेखाजोखा सम्बन्धी तालिम
हसुलिया, १४ साउन । कैलालीको कैलारी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी द्रूत लेखाजोखा विश्लेषण सम्बन्धी तालिम दिइएको छ ।
कैलारी गाउँपालिकाको सहकार्य र इकोक कैलालीको आयोजनामा तालिम दिइएको हो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको प्रमुख आतिथ्यतामा भएको तालिममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीको पनि उपस्थिति रहेको थियो ।
तालिममा वडा अध्यक्ष, वडा सचिव, गाउँपालिकाका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । तालिममा लोकराज जोशीले प्रशिक्षण दिएका थिए ।













