डुवान क्षेत्रमा थरुहट मोर्चा राहत बाड्ने तयारी गर्दै
कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनी, जोशीपुर टीकापुर, कैलारी गाउँपालिका लगायत क्षेत्र डुबानमा परेको छ । डुवानमा परेका स्थानीयहरु भोकभोकै भएकोले थरुहट मोर्चा राहत बाड्ने तयारीमा जुटेको संयोजक लक्ष्मण थारुले जानकारी दिए ।
अविरल वर्षका कारण सयौं घर डुबानमा परे पछि बालबालिका बृद्ध तथा सुत्केरी र गर्भवति महिलाहरु बढि प्रभावित भएका छन् । उहाँहरुलाई तत्काल पेट भर्ने ड्रईफुट जस्तै चिउरा, दालमोड, चाउचाउ, विस्कुट लगायतका खाद्यन्नहरु वितरण गर्ने तयारी भईरहेको नेता थारुले बताए ।
उनले राहत वितरणको लागि सबै ठाउँमा समन्वय भईरहेको बताउँदै वाढी प्रभावितहरुको जीउँ ज्यानको रक्षा गर्न सबैले आ आफ्नो ठाउँमा उद्धारमा खटिन अनुरोध गरे ।













