तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला
धनगढी, १३ साउन । कैलालीमा तीन दिनदेखि वेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० का २२ बर्षीया बिवाहित महिला लक्ष्मी साउद मृत फेला परेकी हुन्।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उत्तानो परेको अवस्थामा शव भेटिएको बताए।
प्रहरीका अनुसार सो महिला ११ गतेदेखि बेपत्ता भएकी थिईन् । उनको श्रीमान ओम साउदसंग प्रहरी सोधपुछ गरिरहेको छ।













