सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्ना थाले, आज मात्रै ८० जनामा पुष्टि

धनगढी, १३ साउन । सुदूरपश्चिममा फेरी केरोना संक्रमित बढ्न थालेका छन् । मंगलबार प्रदेश भरि ८० जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनाा संक्रमण पुष्टि भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा आज भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ३ सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका २ हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन भने नौँ जनाको मृत्यु भएको छ।