छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

डडेल्धुरा, १२ साउन । डडेल्धुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोरी बलात्कृत भएको भन्दै श्रीमति श्रीमान विरुद्ध जाहेरी दिएपछि पीडक पक्राउ परेको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए।

पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोछ।