धनगढी स्थित गुरही चोकमा गुरही अस्राउँदै थारू यूवतिहरु (फोटो फिचर)

धनगढी, १० साउन । पश्चिमा थारूहरुले शनिबार गुरही पर्व मनाएका छन् । गुरही अस्राए (सेलाए) पछि गाउँघरमा रहेका रोगव्याधी, महामारी सबै गाउँ निकाला हुने मान्यता छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को गुरही चोकमा विगत १० वर्षदेखि सामुहिक गुरही अस्राउदै आएपनि यो वर्ष कोभिड–१९ के कारण सरकारको निर्णयलाई मध्य नजर गर्दै भिडभाड नगरि गुरही अस्राएको हो ।