तीन टयाक्टर, काठ सहित ५ जाने पक्राउ

धनगढी, ८ साउन। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले तीन वटा टयाक्टर, काठ सहित ५ जानालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका ६ जालीस्थित करन चौधरीको घरमा लुकाएर राखेको अवस्थामा विभिन्न साईजका चिरान, ९ गोलिया १२२ थान कडी फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

उनले धनगढी उप–महानगपालिका वडा नं. ६ का ३७ वर्षिय करन चौधरी र धनगढी–१७ का २० वर्षिय सुरज चौधरीलाई पक्राउ गरेको जनाइएको छ ।

यस्तै धनगढी उप–महानगरपालिका वडा ७ देवरिया का ३६ वर्षिय नरेश चौधरी, बर्ष २८ वर्षिय बिनु चौधरी, वडा नम्बर ६ का ३१ वर्षिय विर बहादुर चौधरीलाई से २ त ७२, से १ त ५३७३ ओ से २ त १८५३ नम्बरके ट्याक्टरमा सालका १९५.८८ क्युफिट काठ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली बताएको छ ।