सामाजिक दूरी कायम गर्दै गुरही पर्व मनाउन सखी सञ्जालको अनुरोध

धनगढी, ७ सावन । सामाजिक दूरी कायम गरी यस वर्ष गुरही पर्व मनाउन सखी सञ्जाल कैलालीले सबैमा अनुरोध गरेको छ । यस वर्ष यहि सावन १० गते शनिबार गुरही पर्व (नाग पञ्चमी) रहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै सखी संजालले यस वर्ष सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नै गाउँ घरको चोक चोकमा मनाउन अनुरोध गरेको हो ।

सखी सञ्जाल लगायत विभिन्न संघ संस्थाको धनगढीमा बसेको बैठकले ‘आफू बचौं र अरु लाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहांै’ भन्ने भाव सहित सुरक्षित ढंगले गुरही मनाउन बुधबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएहो ।

सञ्जालकी कार्यबाहक संयोजक उन्नती चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै यस वर्ष सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नै गाउँ घरको चोक चोकमा गुरही मनाउन उल्लेख गरिएको छ ।

बर्खा सकिए पश्चात् किसानले उब्जाएको अन्न बालीमा किरा फट्याङ्रग्रा नलागोस र सबै दिदीबहिनीहरु स्वास्थ्य लाभ होस भनि कामना सहित थारु समुदायमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा गाउँको चोकमा महिला दिदिबहिनिहरुले गुरही सेलाउने र पुरुष दाजुभाईहरुले गुरहीलाई पितेर भगाउने चलन रहेको छ । यसले धान बालीमा लागेका किराहरु नाश भैइ बाली सप्रने जनविश्वास रहेको छ । थारु समुदायको यो पहिलो पर्व हो ।

यता धनगढी उपमहानगरपालिका वडा नं. ८ गुरही चौक(क्याम्पस रोड)मा विगत एक दशक देखि सामूहिक रुपमा भव्यताका साथ गुरही पर्व मनाउँदै आएको छ । तर (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै वर्ष धनगढीमा पनि सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नो गाउँ घर टोल समुदायमा मनाउन पनि सबैमा अनुरोध गरेको हो ।