कैलालीका चार स्थानमा प्रेस कुकर बम फेला, सेनाद्धारा डिस्पोज

कैलाली, ६ साउन । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको छ। साथै अन्य स्थानमा भेटिएका शंकास्पद वस्तु पनि निष्क्रीय पार्ने काम भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम डिस्पोज गरेको जानकारी दिए।

विप्लव समूहका कार्यकर्ताले कैलालीका अन्य तीन ठाउँमा राखेका बम पनि निस्क्रिय पारिएको विष्टले बताए ।

बिप्लव समूहले सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका बम सेनाको टोलीले बिहान निस्क्रिय पारेको हो ।

अमित मेडिसन डिष्टिव्युटर्स सुदूर पश्चिममा स्वास्थ्य सामग्री तथा उपकरण खरीद प्रकरणमा बिबादित छ । सुदूर पश्चिम पश्चिम प्रदेश सभाकै अगाडि अमित मेडिसन डिष्टिव्युटर्स छ ।

विप्लबका सेतिमहाकाली व्यूरो ईन्चार्ज सहित अन्य कार्यकर्ताको गिरफ्तारीको बिरोधमा सुदूर पश्चिम बन्द आह्वान गरेको छ ।