घोडाघोडी नगरपालिकाको पार्किङमा राखिएको गाडिमा आगजनी

कैलाली, ६ साउन । कैलालीको घोडाघोडी नगरपालिकाको पार्किङमा राखिएको गाडीमा आगजनी भएको छ । रातिको समयमा अज्ञात समुह आएर आगजनी गरिएको बताइएको छ ।

घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिए ।

आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को नगरप्रमुख चढ्ने गाडी क्षति हुनबाट जोगिएको छ ।