गाउँपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण

हसुलिया, ५ असार । कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियान अन्तर्गत कैलारी गाउँपालिकालाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्नेक्रम जारी रहेको छ ।

यसैक्रममा आज कमैया प्रथा उन्मूलन समाज कैलाली र कारितास नेपालले गाउँपालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कमैया प्रथा उन्मूलन समाजले अपाङता भएका व्यक्ति र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।

सो संस्थाले ७२ क्वीन्टल २५ किलोग्राम मोटो चामल, ५९२ किलो दाल, २७६ किलो नून, ३५ लिटर खाने तेल र ५९२ वटा साबुन सहयोग गरेको हो । कमैया प्रथा उन्मूलन समाजका कार्यक्रम संयोजक सुरज परियारले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई खाद्य सामग्री हस्तान्तरण गरे ।

यसैगरी, कारितास नेपालले क्वारेन्टाइन र आइसोलन व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो संस्थाका प्राविधिक तुलाराम डङ्गौराले आज कैलारी गाउँपालिकाका उपाध्यक्ष सत्गौंवालाई ती सामग्रीहरु हस्तान्तरण गरे ।

कारितासले व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई० १० थान, सेनिटाइजर १६ बोतल, केएन ९५ मास्क २० थान, थर्मोगन दुई थान र पञ्जा ३०० जोडा हस्तान्तरण गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।

सहयोग सामग्री हस्तान्तरणको क्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।