रानाथारु सामुदायिक भवनको उदघाटन

धनगढी, ५ साउन । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी गाउँमा रानाथारु सामुदायिक भवनको उदघाटन गरिएको छ ।

सघीय सरकारको सात र प्रदेश सरकारको १५ गरी २२ लाख रुपैयाका लागतमा बनेको नवनिर्मित सामुदायिक भवनको उदघाटन प्रदेशसभा सदस्य मालामति रानाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहनु भएको प्रदेशसभा सदस्यले सामुदायिक भवन उदघाटनका क्रममा बोल्दै आफनो विगतदेखिको सपना सकार भएको बताइन । सामुदायिक भवन निर्माणको लागि बजेट विनियोजना कडा सषर्घ गर्नुपरेको उहाँले बताइन ।

‘गाउँ समुदायमा समय–समयमा हुने बैठक, मुद्दा मामिला मिलाउन अलग्गै सामुदायिक भवन नहुदाँ सास्ती खेप्नु परेको थियो,’ प्रदेशसभा सदस्य मालामतिले भन्नु भयो–‘ अलग्गै सामुदायिक भवन बनेपछि बैठक, कचहरी, मुद्दा मामिलाको लागि छलफल गर्न सजिलो भएको छ ।’ उक्त रानाथारु समुदायिक भवनमा सांस्कृकित कार्यक्रम तथा कार्यक्रममा लागि समेत दिनसक्ने उहाँले बटाइन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बराल रानाथारु सामुदायिक बनाउनु सह्रनिय कार्य रहेको बताए । उ सामुदायिक भवन अहिलेपनि निर्माणाधिन अवस्थामा रहेकोले आगामी आर्थिक बर्षमा वडा कार्यालयबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । यो सामुदायिक भवन वडा नम्बर ८ मा रहेकोले यसको सम्भार र संरक्षण सबै सामुदायले गर्नुपर्ने बताए । धनगढी वडा नम्बर ८ मा वडाकै सबभन्दा बढी बजेट आएकोले यहाँको विकासमा सबैलाई सहयोग गर्न उहाँले आग्रह गरे ।

रानाथारु सामुदायिक भवन उदघाटन कार्यक्रममा वडा सदय रामस्वरुप राना, पूर्व वडा अध्यक्ष लालमणि राना, धनगढी माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवराज राना, पूर्व भल्मन्सा सन्तराम राना, रानाथारु समाजका केन्द्रीय कोषाध्यक्ष कन्दकला राना लगायतले मन्तव्य व्यक्त गरेको थिए ।

रानाथारु सामुदायिक भवन उदघाटन कार्यक्रम धनगढी गाउँका भल्मन्सा भज्जी रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राना थारु सामुदायिक भवन मर्मत उपभोक्ता समितिका अध्यक्ष प्यारेलाल रानाले स्वागत मन्तव्य तथा भवन निर्माणबारे जानकारी दिएका थिए ।

कार्यक्रमको संचालन गोविन्दराज रानाले गरेका थिए । उक्त भवनका लागि प्रदेश सरकारको रातो किताव थप १० लाख रुयियाको बजेट विनियोजना गरिएको छ ।