जोशीपुर गाउँपालिकाका नायब सुब्बा घुस सहित पक्राउ

कैलाली, ३० असार । कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा सिद्धराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले घुस सहित पक्राउ गरेको छ ।

नासुु जोशीलाई आज बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट ८५ हजार घुस सहित पक्राउ गरिएको आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

जोशी सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएका थिए । सो घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको थियो । उनी भागेपछि अख्तियारको टोली मंगलबार पक्राउन गरी थप अनुसन्धानको लागि काठमाडौं पठाउने जनाइएको छ ।