शान्ति, सदभाव र पहिचान’ कोलागि थारु टेलिभिजन : अध्यक्ष पोखम

धनगढी, २९ असार । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट आजदेखि थारु टेलिभिजनको परिक्षण प्रशारण सुरु भएको छ ।

धनगढीमा केन्द्रीय कार्यालय रहेको थारु टेलिभिजन आजदेखि परिक्षण प्रशारण सुरु भएको थारु टेलिभिजन प्रालिका अध्यक्ष पोखम चौधरीले जानकारी दिए । अहिले थारु सांस्कृतिक गीतसंगित हुने, तर छिट्टै नै थारु समाचार, राजनितिक बहस, थारु सांस्कृतिक कार्यक्रम, थारु प्रतिभा प्रशारणमा ल्यउने अध्यक्ष चौधरीले बताए । थारु टेलिभिजन १९१ नम्बर च्यानलममा आउने गरेको छ ।

‘शान्ति, सदभाव र पहिचान’ कोलागि थारु टेलिभिजन संचालन गरेको अध्यक्ष चौधरी बताए । यो टेलिभिजन भाइनेट र नेटटिभिमा हेर्न सक्ने व्यवस्था रहेको छ । थारु भाषाको टेलिभिजन नेपालमा पहिल रहलो रहेको अध्यक्ष चौधरीको दाबी छ ।