लागु औषध सहित दूईजना पक्राउ, ६ लाख रुपैयाँ बरामद

धनगढी, २७ असार । कैलालीमा लागु औषध सहित दुईजना पक्राउ परेका छन् । ३ ग्राम ७०० मिलिग्राम लागु औषध सहित ६ लाख नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

जिल्लाको टीकापुर नगरपालिकाबाट पक्राउ परेका वडा नम्बर १ को ब्यवसाय क्षेत्रका २८ वर्षीय शंकर भन्ने छत्र बहादुर साउँद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावलबाट नगद ६ लाख बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले तीन ग्राम सात सय मिलीग्राम खैरो हिरोईन र ६ लाख नगद सहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए।

साउँदको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।