समितिद्वारा नमूना विद्यालयहरुको अनुगमन
हसुलिया, २६ असार । कैलारी गाउँपालिकाको नौ ओटै वडाहरुमा रहेका नमूना विद्यालयको अनुगमन गरिएको छ ।
गाउँपालिकास्तरिय अनुगमन समितिले नमूना विद्यालयको अनुगमन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा नमूना विद्यालय बनाइएका छ्न ।
गाउँपालिकास्तरिय अनुगमन समितिका संयोजक एवम गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको नेतृत्वमा अनुगम टोली खटेको थियो । टोलीमा समितिका सदस्य रन्जिता चौधरी, शिक्षा शाखा प्रमुख गणेश मिश्र लगायत सहभागी थिए ।
विद्यालयहरु नमूना घोषणा भइ सकेपछि मापदण्ड अनुसार चलेर नचलेको कुरा हेरेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए ।
‘गाउँपालिकाले नमूना विद्यालय सन्चालनका लागि हरेक वर्ष आर्थिक सहयोग गर्दै आएको छ’, उनले भने–‘सहयोग लिइसकेपछि विद्यालय मापदण्ड अनुसार चलेका छन वा छैनन, कार्यक्रम गरेका छन् वा छैन्, त्यो बुझ्नका लागि अनुगमन गरिएको हो ।’
समितिले वडा नम्बर ६ स्थित अपरम्पार आधारभूत र जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको सूचना तथा सञ्चार प्रविधि ९आइसीटी० को अनुगमन गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए । यसैगरी, शिक्षकलाई आयोजना गरिएको आइसीटी सम्बन्धी तालिमको पनि अनुगमन गरिएको छ ।
यसैगरी, गाउँपालिका स्तरीय संयुक्त अनुगमन समितिले हसुलियास्थित डेरी उद्योग र हसुलिया बजारमा जडान गरिएको सौर्य बत्तीको अनुगमन गरेको छ । एक सहकारी एक उद्योग कार्यक्रम अन्तर्गत कालिका सहकारीमा स्थापना गरिएको डेरीको अनुगमन गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा भएको अनुगमनमा समितिका सदस्य रञ्जिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, पूर्वाधार विकास समितिका संयोजक कमलप्रसाद चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, रेबन्त बोहरा लगायत सहभागी थिए ।













