क्वारेन्टाइन व्यवस्थापनका लागि लघुवित्तद्वारा सहयोग
हसुलिया, २६ असार । कैलालीको हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थापनका लागि छिमेक लघुवित्त वित्तीय संस्थाले विभिन्न सामग्री सहयोग गरेको छ ।
सो संस्थाका प्रबन्धक भुप सार्कीले कैलारी गाउँपालिकाका क्वारेन्टाइन संयोजक सन्तोषकुमार चौधरीलाई ती सामग्री हस्तान्तरण गरे । लघुवित्तले २५ किलो चामल, पाँच किलो दाल, छ क्रेट अण्डा, सेनिटाइजर, मास्क, साबुन, सर्फ सहयोग गरेको छ ।
लघुवित्तले सात हजार ७२५ रुपैयाँ बराबरको सहयोग गरेको कैलारी गाउँपालिकाले जानकारी दिएको छ । सहयोग हस्तान्तरणको क्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।













