आफ्नै हजुरआमाको हत्या अभियोगमा पक्राउ

कैलाली, २४ असार । जिल्ला कैलाली चुरे गाउँपालीका वडा नम्बर ६ भावर बस्ने बर्ष २३ को गणेश बहादुर ऐरले आफ्नै हजुरआमा बर्ष ७५ की पार्वती देवी ऐरको हत्या अभियोगमा पक्राउ परेका छन् ।

असार २३ गते हत्या गरेको भन्ने जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय फल्टुडेले प्र.नि.को कमाण्डमा टोली खटिई घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा घरमा कोही नभएको मौका छोपी निज ऐर हजुर आमालाई फलामको धारिलो हतियार (दाउ) ले घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।

लाश अरहर बारीको झारले छोपेर राखेको अवस्थामा फेलापारेको र निज ऐर घरमै बसी रहेको अवस्थामा पक्राउ परेको हो । घटनामा प्रयोग गरेको फलामको रड र धारिलो हतियार(दाउ) समेत बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।