‘प्रतिपक्षीलाई बाईपास गरेर बजेट पारित’

कैलाली, २४ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेश सभाले पारित गरेको छ ।

आज दिउँसो बसेको संसद बैठकले १४ जना प्रतिपक्षी दलहरुलाई वाईपासगरी बाजेट पारित गरे प्रदेश सांसद मालामति रानाले जानकारी दिईन् । उनले भनिन् ‘हाम्रो मागलाई व्यवास्ता गर्दै विरोधको बाबजुटमा पनि बजेट पारित भयो ।’

आज प्रतिपक्ष दलले कोरोना माहामारीमा भएको ९३ करोड खर्च भएको हिसाबको खोजी, क्वारेन्टि व्यवस्थापन, सचिबालय दल कार्यालय व्यवस्थापन र महिला सांसदकोको लागि छ्ट्टै सचिबालय भित्र छुट्टै शौचालयको माग सहित संसद अवरोध र नाराबाजी गरेका थिए ।

सभामुख अर्जुनबहादुर थापाले बजेट पारित भएको घोषणा गर्दा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु सदनमै सरकार विरुद्ध नाराबाजी गरिरदा उनीहरुको मागलाई व्यवास्ता गरिएको आरोप छ ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारले ठोस काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्यहरुले सदनमा निरन्तर अवरोध गर्दै आएका थिए । बजेटमाथिको छलफलका लागि बोलाइएका बैठकहरुमा लगातार अवरोध हुन थालेपछि सभामुखले प्रतिपक्षको अवरोधकै बीच बैठक सुचारु गरेका थिए ।

प्रतिपक्षको निरन्तर अवरोधले सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमाथि छलफल हुन सकेको थिएन ।