६० मुक्त कमैयालाई इन्डक्सन चुलो
धनगढी, २२ असार । कैलालीका विभिन्न स्थानीय तहका मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ ।
जिल्लाको कैलारी गाउँपालिका, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको हो ।
ओरेक नेपाल र युएन वमनले स्थानीय तहको समन्वयनमा ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो र आवश्यक भाडा वितरण गरेको हो ।
ओरेक नेपाल कैलालीकी जिल्ला संयोजक विनु रानाले जिल्लाको कैलारी गाउँपालिकाका ३०, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका १०/१० परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको जानकारी दिईन ।
उनले इन्डक्सन चुलो वितरणमा सहकार्य गरेको भन्दै स्थानीय तहलाई धन्यवाद ज्ञापन गरिन् ।













