डडेल्धुरा अस्पतालमा पि.सि.आर ल्याब स्थापना
डडेल्धुरा, २२ असार । सुदूर पहाडको मध्य बिन्दुमा रहेको डडेल्धुरा अस्पताल मा पि.सि.आर ल्याब स्थापना भएको छ । हयुमनिटि फाउन्डेसन नेपालको सहयोगमा जनस्तरबाट रकम संकलन गरि डडेल्धुरामा ल्याब स्थापना गरिएको हो ।
डडेल्धुरा अस्पताल डडेल्धुराले आज औपचारिक रुपमा उद्घाटन गरेको हो ।
आज एक कार्यक्रम बिच हयुमनिटि फाउन्डेसन नेपालका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखले ब्यानर बाचन गरि औपचारिक रुपमा उद्घाटन गरेका हुन ।













