दलित महिला अधिकार मञ्चद्वारा साना किसानलाई मल सहयोग

धनगढी, २२ असार । दलित महिला अधिकार मञ्च नेपालले साना किसानलाई मल सहयोग गरेको छ । कोरोना कारण साना किसानहरुलाई आर्थिकरुपमा समस्या भएकोले संस्थाले कृषि उत्पादन बढाउन किसानलाई मल सहयोग गरेको कार्यक्रम संयोजक सृजना पराजुलीले जानकारी दिईन् ।

उनले डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्चद्वारा सञ्चालित महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत विगतको कार्यक्रमलाई परिमार्जन गरि मल सहयोग गरेको बताईन् ।

कैलारी गाउँपालिका वडा नं. १, २, ४, ८ र गौंरीगंगा नगरपालिका वडा १० र ११ दलित, महिला तथा सिमान्तकृत समुदायलाई प्रति कठ्ठा २ किलो २५० ग्रामका दरले ६६ क्वीन्टल मल ३ सय परिवारलाई मल सहयोग गरेको संयोजक पराजुलीले बताईन् ।

उनले कोभिड १९ को कारण पहिलाको कार्यक्रमको मोडालेटि चेन्ज गरि कृषि तर्फ काम गरिहरहेको बताउँदै महाविपतिको बेला किसानलाई खाद्यन्न अभाव नहोस् भन्ने उद्देश्यले जिविकोपार्जनको कार्यक्रम ल्याएको बताईन् ।

गौरीगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष पदम ऐरले बन्दाबन्दीको कारण मल अभाव भईरहेको बेला दलित महिला अधिकार मञ्च नेपालले साना किसानलाई मल सहयोग गरेर राहत प्रर्दान गरेको बताए ।

उनले यो वर्ष खाद्य अभाव हुने संकेट गर्दै उत्पादन बढाउन किसानहरुलाई मल जलमा ध्यान दिन आग्रह समेत गरे ।

यस्तै कैलारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सन्तु चौधरीले साना किसानहरुलाई मल उपलब्ध गराएकोमा संस्थालाई धन्यबाद ज्ञपान गरे । संस्थाले महिला सशक्तिकरण कार्यक्रमसंगै जिविकोपार्जनलाई पनि निरन्तरता दिन अनुरोध समेत गरे ।