बझाङमा पहिरो : एकै परिवारका ४ सहित ६ जनाको शव भेटियो

बझाङ, २० असार । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्।

एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको वडा अध्यक्ष गणेशबहादुर बोहोरा ले बताए । त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । २० वर्षीय गिरि जेठारा भने अझै बेपत्ता भएको वडा अध्यक्ष बोहोराले जानकारी दिए।

गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए। राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए।

स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ। स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन्।

उनिहरुको खोजी कार्यजारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले बताए । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहा“ पुगेको हो । उद्धारका लागि हिडेको नेपाली सेनाको टोली अझै घटनास्थल पुग्न सकिरहेको छ्रैन ।

कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुइवटा टोली फरक फरक बाटो भएर त्यहा“ जाने प्रयासरत रहेको मेजर तारा खड्काले बताए । सेनाको एउटा टोली केदारस्युको जुलीगाडबाट अर्को टोली बुङ्गल नगरपालिकाको का“डाचौर बाट घटनास्थल तर्फ गैरहेको र केही बेरमै त्यहा पुग्ने खड्काले बताए । शनिवार मध्यरातमा गएको पहिरोले मल्लेसीका १८ घर बगाएको छ भने दुइ वटा घरमा क्षती पुगेको छ ।

यसै विच पहिरो पिडितको उद्धारमा हिडेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जयपृथ्वी राजमार्ग गाडी असन्तुलित भएर नालीमा गएको र तिन जना सैनिक सामान्य घाइते भएको मेजर खड्काले बताए । घाइते तिनै जना देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछि व्यारेक फर्किएको उनले बताए । पश्चिम ट्डेबाट