एकै दिन ७४० जना कोरोना संक्रमित थपिए, कुल संख्या १५ हजार नाघ्यो
काठमाडौं १९ असार । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) संक्रमित एकै दिन ७४० जना थपिएका छन् । योसंगै कुल संक्रमित संख्या १५ हजार २५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनले संक्रमितमध्ये ६ हजार १४३ जना निको भईसकेको गौतमले बताए । मृतकको संख्या भने ३२ पुगेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
सबैभन्दा बढी अछाममा २ सय ३० संक्रमित थपिएका छन् ।
अछामपछि कैलालीमा ५८, बाजुरामा ५३, डोटीमा ४७ र कञ्चनपुरमा ४५ जना संक्रमित थपिएका छन् ।
हेर्नुहोस्, सूची
अछाम २३०
कैलाली ५८
बाजुरा ५३
डोटी ४७
कञ्चनपुर ४५
बैतडी ४०
रौतहट २९
झापा २८
डडेल्धुरा २८
सिरहा २४
नवलपुर १९
धनुषा १६
बझाङ १४
दैलेख १२
बर्दिया १०
दाङ ९
नवलपरासी ९
तनहुँ ९
कपिलवस्तु ८
सप्तरी ८
सल्यान ८
महोत्तरी ६
सुर्खेत ६
उदयपुर ५
मोरङ ५
पर्वत ३
कास्की २
पर्सा २
चितवन १
पाल्पा १
रोल्पा १
कालीकोट १
बाग्लुङ १
सर्लाही १
सिन्धुपाल्चोक १
लोकान्तरबाट













