सुदूरपश्चिममा आज थप ३४६ जनामा कोरोना पुष्टि
धनगढी १८ ,असार । सुदुरपश्चिममा आज थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२० जना र धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा २६ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
योसँगै सुदुरपश्चिममा तीन हजार एक सय २१ जना कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













