सरकारको नीति तथा कार्यक्रमलाई मध्येनजरगरि डिडब्लूआरएफको वार्षिक कार्ययोजना

धनगढी, १६ असार । दलित महिला अधिकार मञ्च नेपाल (डिडब्लूआरएफ) सरकारको नीति तथा कार्यक्रमलाई मध्येनजरगरि वार्षिक कार्यक्रम गर्ने भएको छ ।

संस्थाले सोमबार कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख र प्रसाशकीय अधिकृतलाई वार्षिक कार्ययोजनाबारे जानकारी गराएका थिए ।

कोरोना महामारीले संस्थाको अगामी कायक्रमको कृषिलाई प्रर्बद्धन गर्दै जिविकोर्पाजन र न्यायमा पहुच कामक्रम गर्ने भएको छ।
संस्थाका अध्यक्ष सावित्रा धिमिरेले डिसिएको आर्थिक सहयोगमा महिला सशक्तिकरण कार्यक्रमलाई स्थानीय सरकारको नीति तथा कार्यक्रमलाई मध्यनजर गरि अगामी कार्यक्रम बनाएको बताइन् ।

उनले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा सञ्चालन हुदै आएको कार्यक्रम चेन्जगरि करोनाले समुदायमा पारेको असरलाई विश्लेषण गरि प्रभावितहरुको जिविकोपार्जनमा सहयोग हुने तथा हिंसा प्रभावितहरुको न्यायमा पहुच कार्यक्रम तय गरेको अध्यक्ष धिमिरेले बताईन् ।

उनले दलित महिला अधिकार मञ्च विगतदेखि महिला, दलित तथा सिमान्तकृत समुदायलाई कानुनी रुपमा सशक्त बनाउदै न्यायमा सहज पहुँच र निर्णायक तयमा उनीहरुको अर्थपूर्ण सहभागितासंगै जिविकोपार्जनमा सशक्तिकरण गर्दै आईरहेको जानकारी दिईन् ।

यस्तै कार्यक्रम संयोजक सृर्जना पराजुलीले अबको कार्यक्रम कोभिड १९ सिमान्तकृत समुदायलाई कस्तो असर पर्यो भन्ने विषयमा खोज अनुसन्धान गर्ने, सुत्केरी तथा गर्भवति महिलाहरुलाई पौष्टिक आहार, साना कृर्षकहरुलाई रसायनिक मल उपलब्ध गराउने कार्यक्रम गरहेको बताईन् ।

यस्तै बन्दाबन्दीको घरेलु हिंसामा परेका महिलाहरुलाई आर्थिक सहयोग, जिविकोपार्जनकोलागि बाख्रा पालन, हिंसा प्रभावितहरुलाई मनोपरामर्श र छुवाछुट अन्त्यको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको प्रस्तुत गरिन् । संस्थाको नयाँ कार्यक्रमबारे कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा जानकारी गराइएको थियो ।