कोभिड–१९ प्रतिकार्य कार्यक्रमको लागि ६४ लाख

धनगढी, १३ असार । धनगढी उप–महानगरपालिकासंगको समन्वय तथा गैर सरकारी संघसंस्थाको सहकार्यमा ६४ लाख रकम खर्च गरि कोभिड १९ प्रतिकार्य कार्यक्रम सञ्चालन भईरहेको छ ।

क्वारेन्टिन र आईसोलेशन ब्यबस्थापनको लागि सो कार्यक्रम सञ्चालन भईरहेको हो ।

जिआईजेडको संयोजन संघीय गणतन्त्र जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको साझेदारी तथा धनगढी उप–महानगरपालिकाको समन्वयमा सो कार्यक्रम शुुरु भएको हो ।

कोभिड–१९ प्रतिकार्य कार्यक्रले क्वारेन्टिन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई तथा फोहरमैला ब्यबस्थापन गर्ने उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले यस कार्यक्रमले क्वारेन्टिन ब्यबस्थापनमा राहत पुग्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाका सभापती तथा रेडक्रस केन्द्रिय सदस्य उत्तम जोशी नगरपालिकासंग बैठक बसि सो कार्यक्रम संचालानको लाति ६४ लाख बराबर रकम छुट्टएको बताए ।