सुदूर पश्चिममा एकै दिन २१९ जना कोरोना संक्रमित पुष्टि, कुन जिल्लामा कति ?

धनगढी, १२ असार । सुदूरपश्चिम प्रदेशमा एकै दिन २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन स्थित प्रयोगशालामा भएको परीक्षणमा आज २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आज डोटीमा सबैभन्दा डोटीका ७१ जनामा कोरोनाको संक्रमण पाईएको छ । यस्तै कञ्चनपुरमा ४३ कैलालीमा ३८, बाजुरा र बैतडीका २७र२७ जनामा कोरोनाको संक्रमण देखिएको छ । बझाङका ९, दार्चुलाका ३ र अछाम जिल्लामा १ जना कोरोना संक्रमित थपिएका छन् ।