सुदूरपश्चिममा थप दूई सुरक्षाकर्मीमा कोरोना पुष्टि
धनगढी, ९ असार । सुदूरपश्चिम प्रदेशमा थप दूई जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ। अछाम र बाजुरामा कार्यरत दूईजना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले जानकारी दिए।
दुबै जनालाई सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको जनाइएको छ । यसअघि पनि तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।













