आज ५ सय ३५ जना कोरोना संक्रमित थपिए, ९ हजार ५६१ पुग्यो
काठमाडौं, ८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ संक्रमित थपिएको जानकारी दिए ।
यससँगै नेपालमा कूल संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । डाक्टर गौतमका अननुसार पछिल्लो २४ घण्टामा ३७० जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार १४२ पुगेको छ ।













