कैलारी गापाले आर्थिक विकास र रोजगारी लक्षित नीति तथा कार्यक्रम ल्याउने तयारी

हसुलिया, ८ असार । कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि आर्थिक विकास र रोजगार लक्षित नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

रोजगारीको सिलसिलामा भारत गएका व्यक्तिहरु कोभिड(१९ का कारण फर्केका र धेरै व्यक्ति बेरोजगार भएकाले गाउँपालिकाले आर्थिक विकास र रोजगारीलाई मुख्य जोड दिएर नीति तथा कार्यक्रम ल्याउने भएको हो । असार १० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने जनाइएको छ ।

शिक्षा र स्वास्थ्य मनुष्यका भविष्यको मूल आधार, विकास, दीगो विकास र रोजगारी अहिलेको हाम्रो कार्यभारू, भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए ।

आगामी आर्थिक वर्षको लागि ल्याइने नीति तथा कार्यक्रममा विकाससङ्सङ्गै शिक्षा, स्वास्थ्य, दीगो विकासलाई अगाडि बढाइने उनले बताए । यसैगरी रोजगारी सृजना गर्ने अध्यक्ष चौधरीको भनाइ छ ।

कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई कृषि र पशुपालन क्षेत्रमा अग्रसर गराउने गरी नीति तथा कार्यक्रम ल्याउने जनाइएको छ । सार्वजनिक जग्गालाई कृषिको लागि उपयोग गरेर आर्थिक विकासमा बढी जोड दिन्छौं, अध्यक्ष चौधरीले भने । गाउँपालिकाले बढीभन्दा बढी रोजगारी सृजना गर्ने गरी योजना तर्जमा गरिरहेका छौं ।