क्वारेन्टिनलाई बैज्ञानिक र सम्बेदनशील बनाउन डिडब्लूआरएफको माग

धनगढी, ७ असार । लम्की चुहानगरपालिकाको शहिद स्मारक विद्यालयमा बनाईको क्वारेन्टिनमा एक महिला सामुहिक बलात्कार भएको घटना प्रति दलित महिला अधिकार मत्तच नेपाल (डिडब्लूआरएफ) घोर भर्सना गरेको छ । संस्थाका अध्यक्ष सावित्रा घिमिरेको हस्ताक्षरमा जारी गरिएको विज्ञीतीमा नगरपालिकाले निर्माण गरिएको क्वारिन्टन बैज्ञानिक र सम्बेदनशील हुनुपर्ने माग गरिएको छ ।

सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार काम नगर्दाको परिणाम नै क्वारेन्टाइनमा सामूहिक बलात्कार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस (कोभिड(१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिइ अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने भने पनि क्वारेन्टाइनहरु न्यूनतम मापदण्ड समेत पूरा नगरी सञ्चालनमा ल्याइदा यस्तो दुःखद् घटना भएको अध्यक्ष सावित्रा घिमिरेले बताईन् ।

सञ्जालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय संवेदना नै स्तब्ध हुने गरि एउटा महिलामाथि तीनजनाको सामुहिक बलात्कार हुनु जनघन्य अपराध हो । रक्षक नै भक्षक बनेको यो घटना प्रति दलित महिला अधिकार मञ्च नेपाल भत्र्सना गर्दछ ।’

विज्ञप्ती