बालिका बलात्कार गर्ने २२ वर्षीया यूवा पक्राउ
कञ्चनपुर, ६ असार । ९ वर्षीया बलिका बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० कि ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुमा दाई र बहिनीको नाता रहेको बताइएको छ ।
आफ्नै फुपुको घरमा बसिरहेका उनले फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले पीतिड परिवारका सदस्यले दयाल विरुद्ध जाहेरी दिएका हुन् । उनले पीडित बालिकाको आजै महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण भएको जानकारी दिए ।













