क्वारेन्टाइनमा बसेका महिलालाई सेनेटरी प्याड र मास्क सहितकाे हाइजेनिक प्याकेट

हसुलिया, ५ असार । कैलालीको कैलारी गाउँपालिकास्थित दीपेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका महिलालाई हाइजेनिक प्याकेट वितरण गरिएको छ ।

पर्पल फाउन्डेसन, ह्युमानिटी फाउन्डेसन र आरडीआरसी सुशासनले क्वारेन्टाइनमा बसेका ५७ जना महिलालाई हाइजेनिक प्याकेट वितरण गरेको हो । सो प्याकेटमा सेनेटरी प्याड, मास्क, साबुन लगायतको सामग्री रहेको छ ।

२० हजार मूल्य बराबरको हाइजेनिक प्याकेट वितरण गरिएको जनाइएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा, संस्थाका दीर्घराज उपाध्याय र ठाकुर करियाप्रधानले क्वारेन्टाइनमा पुगेर महिलालाई प्याकेट वितरण गरेका थिए । गाउँपालिकाको अन्य ठाँउमा सो सामग्री भोलि वितरण गरिने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साप्कोटाले जानकारी दिएकाछ्न ।

ह्युमानिटी फाउन्डेसनले भारतबाट फर्किनेहरुलाई नाकामै पनि सहयोग गर्दै आएको छ । यसैगरी, कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेकाहरुलाई विभिन्न निकायले पनि खाद्यान्न सहयोग गरिरहेका छ्न ।