८ लाख ९३ हजार रुपैया सहित सात जना जुवाडे पक्राउ

कैलाली, ४ असार । कैलालीमा ८ लाख ९३ हजार ५० रुपैया सहित सात जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सुखडले बिहिबार बेलुका तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

चार जना भने घरको छत बाट हाम फालेर भाग्न सफल भएको बताइएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडका करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमाहानगरपालिका ३ बिशालनगर बस्ने वर्ष ३८ का तुला राम अधिकारी, जानकी गाउँपालिका १ बस्ने वर्ष ३२ का कमल चौधरी, लम्कि चुहा नगरपालिका ४ बस्ने वर्ष ४० का नवल बुढा, टिकापुर नगरपालिका १ बस्ने वर्ष ४० का मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ८ बस्ने वर्ष ५० का कैलाश धामी, घोडाघोडी नगरपालिका १ बस्ने वर्ष ३३ का दिपेश ऐर र सोही वडामा बस्ने वर्ष ३२ का अक्कल शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरि शरण भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरईटी) समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले बिशेष सूचनाको आधारमा उनिहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रकाउ परेका उनिहरुलाई जिल्ला चलान गरीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक भट्टले बताए ।