एकै दिन ५८६ जना कोरोना संक्रमित थपिदा कुल संख्या ७ हजार नाघ्यो, २० को मृत्यू
काठमाडौं, ३ असार । नेपालमा एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ७ हजार १७७ पुगेको छ। नेपालमा एकैदिन देखिएको सङ्क्रिमतहरूको सङ्ख्या मध्ये अहिलेसम्मकै धेरै हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २६५ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ३ जना, धुलिखेल अस्पतालमा ९९ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा १ जना, पोखरामा भएको परीक्षणमा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
त्यसैगरी भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जना, जुम्लामा भएको परीक्षणमा १४ जना र कैलालीमा भएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ देखिएको हो।













